१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ८ आइतबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट यथार्थ र कार्यान्वयनयोग्य छ : पूर्वअर्थमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १७:१३:oo

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको बजेट यथार्थ र कार्यान्वयनयोग्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथिको छलफलमा दलीय आधारमा भाग लिँदै उनले यथार्थमा उभिएर आएको बजेटलाई प्रभावकारी कार्यान्वयन गर्नेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

नेता कार्कीले मुलुकमा पटक-पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गरे। उनले भने, 'संसदमा मात्रै हैन बाहिर पनि देशमा विकास किन भएन भनेर आवाज उठेको छ। पटक-पटक व्यवस्था परिवर्तन गर्‍यौँ, तर जनताको अवस्था परिवर्तन भएन भन्ने कुरा सर्वोपरि रूपमा उठेको छ।'

नेता कार्कीले विकास निर्माणका दीर्घकालीन सोच र योजनाका लागि सबै राजनीतिक दलको प्रतिबद्धता चाहिने खाँचो औँल्याए। देशमा केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गरिएकोप्रति इंगित गर्दै उनले अगाडि थपे, 'केवल निराशा व्यक्त गरेर, केवल स्टनबाजी गरेर मात्रै मुलुकको विकास हुन सक्दैन। मुलुकको विकासका निम्ति राजनीतिक स्थिरता, नीतिगत स्थिरता, नेतृत्वको इच्छाशक्ति र विकास निर्माणको दीर्घकालीन सोचका साथ योजना र त्यसमा दलीय प्रतिनिधित्व, राज्य स्रोतको समुचित व्यवस्थान हुनुपर्छ।'

पूर्वमन्त्री कार्कीले निजी क्षेत्रको करिब ८० प्रतिशत लगानीलाई प्रोत्साहित गरेर लैजानुपर्ने आवश्यकता रहेको भन्दै ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रको लगानी सुरक्षित गरिनुपर्ने धारणा राखे। उनले बजेटमा ‘टेक एन्ड पे'को विषयले ऊर्जा क्षेत्रलाई अन्धकारतर्फ धकेल्ने खतरा औँल्याउँदै यसलाई सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद तारा लामा तामाङले बजेटले राष्ट्रको लागि दिशानिर्देश गरेको उल्लेख गरे। उनले भने, 'बजेटले जनप्रतिनिधिलाई के गर्‍यो गरेन, तर राष्ट्रका लागि दिशानिर्देश गरेको छ। बजेट लक्ष्यअनुसार अगाडि बढेको देखिन्छ, आशा गर्ने ठाउँहरू धेरै छन्।' उनले बजेटमा प्रस्तावित कार्यक्रम सम्पन्न गर्नेतर्फ ध्यान दिन अर्थमन्त्रीलाई आग्रह गरे।

छुटाउनुभयो की ?