१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार २१:३३:oo
Read Time : < 1 मिनेट
समाचार

दुई करोडभन्दा बढी मूल्यका कृषि उपकरण वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार २१:३३:oo

बर्दियाको बारबर्दिया नगरपालिकाले किसानलाई पावल टेलर, मिनी टेलर र सिँचाइ मोटर वितरण गरेको छ । पालिकाले कृषिलाई आधुनिकीकरण गरी किसानको आर्थिक अवस्थामा सुधार गर्नका लािग किसानलाई पावर टेलर, मिनी टेलर र सिँचाइ मोटर वितरण गरेको हो । 

पालिकाप्रमुख छविलाल थारुले पालिकाभित्र बसोबास गर्ने अधिकांश मानिसको मुख्य पेशा कृषि भएकोले उनीहरूलाई कृषियन्त्र वितरण गरिएको बताए । उनले भने, ‘किसानले अझै पनिे परम्पराग रुपमा खेती गर्दै आउनु भएको छ । परम्पराग खेतीलाई आधुनिकीकरण गर्न कृषियन्त्र वितरण गरिएको हो । नयाँ पुस्तालाई कृषि पेशामा जोड्न कृषियन्त्र वितरण गरिएको हो ।’

पालिकाले ८७ वटा पावर टेलर, एक सय मिनी टेलर र ३९ वटा सिँचाइ मोटर वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइँले बताए । उनले भने, ‘पावर टेलरको मूल्य एक लाख ४८ हजार ९ सय र मिनी पावर टेलरको मूल्य ६३ हजार ९ सय तोकिएको थियो । जसमध्ये कृषि उपकरण वितरण गर्दा कृषकहरूले ५० प्रतिशत अनुदान दिइएको थियो ।’

पालिकाले  ८७ वटा पावर टेलर र एक सय वटा मिनी टेलर एक करोड ९३ लाख ४४ हजार ३ सय रुपैयाँमा खरिद गरेको कृषि शाखा प्रमुख झलक खड्काले बताए । त्यसैगरी सिँचाइ मोटरका ३९ वटा सिँचाइ ९ लाख ९३ हजार ५ सय रुपैयाँमा खरिद गरेको उनले जानकारी दिए । उनले भने, ‘पालिकाले कृषि उपकरणमा अनुदानका लागि एक महिने सूचना जारी गरेको थियो । किसानले दिएको निवेदनका आधारमा कृषकको सक्रियता, कृषकको व्यावसायिकता र कृषि तथा सहकारीमा भएको आबद्धताका आधारमा उपकरण वितरण गरिएको हो ।’ 

छुटाउनुभयो की ?