१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार १७:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गाडी गुड्न थालेपछि यस्तो देखियो ग्वार्को ओभरपास (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १७:३९:oo

ललितपुरको ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएको ओभरपासबाट गाडी गुड्न थालेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उक्त ओभरपास उद्घाटन गरिएको थियो । ओभरपासमा शनिबार बिहानैबाट गाडी सञ्चालन हुन थालेका छन् ।

इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा १७ करोड ६ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाई ओभर नेपालकै पहिलो हो ।

कुल पाँच सय मिटर अप्रोच सडक रहेको फ्लाई ओभरमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन ०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको हो । २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुने गरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

तस्बिरहरू :