
बर्खा लागेसँगै काठमाडौं उपत्यकावरपरका क्षेत्रमा रोपाइँ सुरु भएको छ। मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा पानीको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरु भएको हो ।
ललितपुर महानगरपालिका १८ भैँसेपाटी क्षेत्रमा अहिले रोपाइँ सुरु भएको छ।
यो वर्ष मनसुन पनि छिट्टै सुरु भएको र यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् ।
रोपाइँका दृश्यहरू –