१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार १२:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन सवारी दुर्घटना : मृतक सातमध्ये दुईको पहिचान खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १२:५२:oo

चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने  दुई जनाको पहिचान खुलेको छ। घटनामा सात जनाको मृत्यु र १८ जना घाइते भएका छन्।मृत्यु हुनेमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंड ५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्।

धेरै जसो मृतक र घाइते इभि गाडिमा सवार रहेको र उनीहरुको पहिचान खुल्न बाकी रहेको चितवन प्रहरीले जनाएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ डडुवास्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान् यात्रु बस र इभी माइक्रो बस दुर्घटना हुँदा घटनास्थलमा पाँच र उपचारका क्रममा  दुई जनाको मृत्यु भएको हो ।

धनगढीबाट काँकडभिट्टातर्फ जान गुडेको प्रदेश १-०१- ००१ ख ३५८३ नम्बरको बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ -००१ज २९९ नम्बरको इभी माइक्रो बस ठक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।