१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रतीक्षा पहिलोपटक राष्ट्रिय टिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३९:oo

डिफेन्डर प्रतीक्षा चौधरीलाई पहिलोपटक समेट्दै नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । उज्वेकिस्तानमा २९ जुनदेखि हुने एएफसी एसियन कप छनोटका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोली घोषणा गरेको हो ।

नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नयाँ अनुहार प्रतीक्षा थपेका हुन् । कैलालीकी प्रतीक्षा विभागीय टोली एपिएफ क्लबबाट खेल्दै आएकी छिन् । पछिल्लो राष्ट्रिय लिगमा उनको प्रदर्शन सानदार रहेको थियो । उनी यसअघि क्याम्पबाट बाहिर रहँदै आएकी थिइन् । त्यसअघि उनले नेपालको यू–१९ टोलीबाट पनि खेलेकी छिन् । अघिल्लो टोलीबाट नेपाल पुलिस क्लबकी मिडफिल्डर सुषमा तामाङलाई बाहिर राखिएको छ ।

प्रशिक्षक प्याट्रिकको प्रशिक्षणमा नेपालले उज्वेकिस्तानको तास्कन्दमा पहिलो खेल खेल्दै छ । यो खेल नेपाली राष्ट्रिय महिला टोलीको एक सयौँ अन्तर्राष्ट्रिय खेल हुनेछ । छनोटको समूह ‘एफ’मा रहेको नेपालले घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग खेल्दै छ । नेपालसामु पहिलोपटक छनोट चरण पार गरेर एएफसी प्रतियोगिता खेल्ने अवसर छ ।

प्याट्रिकले छानेको टोलीमा गोलरक्षक एञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथ छन् । डिफेन्डर अमृता जैशी, प्रतीक्षा, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाईं छन् । मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बू, सबिता रानामगर र सरस्वती हमाललाई जिम्मेवारी दिइएको छ भने स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।