१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
सुवास भट्ट काठमाडाैं
Invalid date format o६:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नागार्जुनका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

सजाय निर्धारणका लागि सुनुवाइ १६ असारमा

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२१:oo
  • विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासको फैसलाअनुसार मेयर मोहनबहादुर बस्नेतले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको पुष्टि भएको छ । 
  • र, घुस लिएर प्राप्त गरेको रकम र जग्गा आफ्नो नाममा राखेर विभिन्न व्यक्ति र कम्पनीलाई बिक्री–वितरण गरी उनले यसबाट १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगोबराबरको सम्पत्ति शुद्धीकरण गरेका छन् । 

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार उनलाई दुवै मुद्दामा दोषी ठहर गरेको हो । दोषी प्रमाणित भएसँगै मेयर बस्नेत पदमुक्त भएका छन् ।

मेयर बस्नेतले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको अदालतको ठहर छ । कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि घुस दिएको अदालतको ठहर छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पनि मेयर बस्नेत दोषी ठहर भएका छन् । उनले गैरकानुनी रूपमा घुस लिएर प्राप्त गरेको रकम र जग्गा आफ्नो नाममा राखेर विभिन्न व्यक्तिहरू र कम्पनीलाई बिक्री–वितरण गरेका थिए । यस कार्यबाट १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगोबराबरको सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आएको फैसलामा छ ।

दुवै मुद्दामा अन्य सबै प्रतिवादीहरूले भने सफाइ पाएका छन् । मेयर बस्नेत र कँडेलको हकमा सजाय निर्धारणका लागि सुनुवाइ १६ असारको मिति तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । तीनैजनाविरुद्ध जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो । साथै सम्पत्ति शुद्धीकरणको मुद्दामा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो। अदालतले भ्रष्टाचार मुद्दामा मेयर बस्नेत र कँडेललाई दोषी ठहर गरेको । सम्पत्ति शुद्धीकरणमा मेयर बस्नेतलाई मात्र दोषी ठहर गरेको छ ।

अख्तियारले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । तीनैजनाविरुद्ध भ्रष्टाचारमा जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो अख्तियारले दाबी गरेको थियो । त्यस्तै, भ्रष्टाचार गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो । अदालतले भ्रष्टाचार मुद्दामा मेयर र कँडेल दुवैलाई अख्तियारको दाबीबमोजिम नै ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा भने मेयर बस्नेतलाई मात्र ठहर गरेको छ । मुद्दामा ठहर भएसँगै बस्नेत मेयरबाट पदमुक्त भएका छन् ।

गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दामा मेयर बस्नेतले सफाइ पाएका छन् । आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले २७ माघमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।