१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
Invalid date format २o:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदूषण जाँचमा पोखराका आधा नगर बस फेल  

२१ वटा बसको जाँच गर्दा १० फेल ११ पास            

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

पर्यटनको राजधानी सहर पोखरा नगर क्षेत्रमा गुड्ने आधा नगर बसहरू प्रदूषण जाँचमा फेल भएका छन् ।  नगर क्षेत्रका गुड्ने नगर बसहरूले आवश्यकभन्दा धेरै धुँवा फालेको भन्ने जनगुनासोपछि यातायात व्यवस्था कार्यालय, सवारी कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रूपमा शुक्रबार पोखराको व्यस्त सडक न्युरोडमा प्रदूषण जाँचका क्रममा आधा बस फेल भएका हुन् ।

प्रदूषण जाँच २१ बटा डिजेटबाट चलने बसमा गरिएकोमा १० बटा बस फेल हुँदा ११ बटा बस मात्र पास भएका यातायात व्यवस्था कार्यालय, सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार सवारीको प्रदूषण जाँचका लागि गण्डकीले दुई साताअघि चीनबाट मेसिन खरिद गरी ल्याइएको हो । अब आफैँसँग मेसिन भएकाले समय–समयमा जाँच गरिने उनले बताए । प्रदूषण जाँचमा फेल भएका बसहरू अब आवश्यक मर्मत सम्भारपछि मात्र सडकमा गुड्न पाउने उनले जानकारी दिए । मर्मतपछि कार्यालयले पुनः चेक जाँच गर्दा पास भए मात्र चलाउन पाउने उनले जानकारी दिए । चेक जाँचमा फेल भएका बस मर्मतपछि पुनः जाँच पास भएपछि मात्र सडकमा गुड्न पाउने भएकाले यदि कसैले मर्मत र पुनः जाँच नगरी चलाएको भेटिएमा दुईदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यसअघि गत जेठ अन्तिम सातासमेत पोखराका १० वटा नगर बसको प्रदूषण जाँच गर्ने क्रममा ६ वटा फेल भएकामा ती सबै मर्मतपछि पुनः जाँचका क्रममा पास भएपछि चलाएका थिए।  कार्यालयका मेकानिकल सुपरभाइजर सुमन शर्माका अनुसार धुवाँको घनत्व एक सय प्रतिशत मेजर्ड हाट्र्रिज स्मोक युनिट (एचएसयू) लाई आधार मानेर जाँच गरिने बताए । त्यस क्रममा जुन सवारीको एचएसयू धेरै हुन्छ त्यसले फाल्ने धुवाँ त्यति नै बढी प्रदूषित हुने उनले बताए ।

डिजेल गाडीमा ६५ भन्दा कम एचएसयू भएका पास र ६५ भन्दा बढी हुने सवारीहरू फेल हुने शर्माले जानकारी दिए । फेल भएका सवारीले वातावरण प्रदूषित बनाउने सँगै डिजेलले हाइड्रो कार्बन फाल्ने भएकाले मानव स्वास्थ्यमा समेत असर पार्ने उनको भनाइ छ ।  
 

छुटाउनुभयो की ?