
सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद ठाकुर गैरेले मनसुनका कारण देशव्यापी रूपमा वर्षा भएकाले विपत् पूर्वतयारीलाई विशेष ध्यान दिन र सार्वजनिक सूचनामार्फत आमनागरिकलाई सचेत गराउन आग्रह गरेका थिए ।
उनले काठमाडौंको धोबीखोलालगायतका स्थानमा आएको बाढीको उदाहरण दिँदै सार्वजनिक यातायातलाई सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार र यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते शनिबार बिहान ११ बजे बस्नेछ ।