
हुलाकी राजमार्गअन्तर्गत सिराहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल एक–आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।
सिराहा नगरपालिका– १८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक–आपसमा ठोकिँदा मोटरसाइकलचालकसहित तीनजनाको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए।
मृत्यु हुनेमा सिराहाको कल्याणपुर नगरपालिका– १२, बेल्हाका प्रदीप मुखिया, सोही ठाउँका नरेश मुखिया र साइकलयात्री सिराहा नगरपालिका– २ का कुसे राय रहेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए। मृत्यु भएका तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको प्रहरीले जनाएको छ।