१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाम्का बजार आगलागीपीडितका लागि सहयाेग रकम संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

बाजुराको बुढीगंगा नगरपालिका– ६ को बाम्का बजारका आगलागीपीडितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै साढे तीन लाख रुपैयाँ संकलन गरेको छ।

मन्त्रालय र मातहतका निकायबाट पर्यटनमन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराको बाम्बा बजारका आगलागीपीडितका लागि उक्त रकम संकलन गरिएको हो। पीडितका लागि तीन लाख पाँच हजार ७६५ रुपैयाँ संकलन गरिएको मन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव तालबहादुर रावतले जानकारी दिए।

उनले मन्त्रीको सचिवालय र विभिन्न विभागका कर्मचारीहरूबाट संकलन भएको उक्त रकम जिल्लामा गठन गरिएको राहत संकलन तथा व्यवस्था समितिको खातामा जम्मा गरिएको बताए। बम्का बजारमा जेठ २३ गते भएको आगलागीबाट ठुलो क्षति भएको थियो।

छुटाउनुभयो की ?