१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ असार ६ शुक्रबार १८:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बिपी राजमार्ग शनिबारदेखि बेलुका बन्द गरिने

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १८:३९:oo

शनिबारदेखि बिपी राजमार्ग बेलुकाको समयमा बन्द हुने भएको छ। बाढीपहिरोको जोखिमका कारण सडक बन्द गर्ने निर्णय भएको छ ।

काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका जिल्ला सुरक्षा समितिका पदाधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार साँझ ६ः३० देखि बिहान बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी दुवै सवारी चलाउन पाइनेछैन । हालका लागि १५ दिनसम्म बन्द बेलुका बन्द गरिने र त्यसपछि अवस्था हेरेर निर्णय हुने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका डिएसपी मीनबहादुर घलेले बताए। 

सुरक्षा समन्वय बैठक 

गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्ग क्षतिग्रस्त छ । जसकारण बेलुका थप जोखिमको सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको हो। बिहीबार बेलुका मात्र केही सर्वसाधारण फसेपछि बेलुका सडक बन्द गर्ने निर्णय भएको हो।