१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दै छौँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

प्रधानमन्त्री केपी ओलीले अब ग्वार्कोमा सवारीजामको समस्या समाधान भएको बताएका छन्। चक्रपथको कलंकी–कोटेश्वर खण्डको ग्वार्को ओभरपास उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे।

‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो। तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ। त्यसको उत्खननकाे सुरुवात पनि मैले नै गरेको थिएँ। धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ,’ उनले भने।

यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहने उल्लेख गर्दै प्रधानमन्त्रीले ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्ने बताए। ‘अरू खनिजको उत्खनन गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ। नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ। हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नुहुँदैन। आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ,’ उनले भने।

सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने एवं मेची–महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको बताए। मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने उनको भनाइ छ।

छुटाउनुभयो की ?