१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १५:३७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसायका सामग्री सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि पशुपालन र मौरीपालन सामग्री सहयोग गरेको छ। उपमहानगरपालिकाले अपांगता सरोकार केन्द्रसँगको समन्वयमा ती परिवारलाई बाख्रा, बंगुर र मौरीको घार वितरण गरेको हो।

कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, पाँच परिवारलाई मौरीको घार र दुई परिवारलाई बंगुर वितरण गरेकी हुन्। नगर प्रमुख लामाले सहयोगलाई ‘बिउपुँजी’को रूपमा लिँदै त्यसको सदुपयोग गर्दै व्यवसाय विस्तारतर्फ लाग्न आग्रह गरिन्।

‘बिउलाई मास्ने होइन, विस्तार गर्दै लैजानेतर्फ लाग्न जरुरी छ,’ उनले भनिन्, ‘शारीरिक रूपमा अशक्त भए पनि घरमै बसेर दिगो आयआर्जनमा लाग्न सक्नु खुसीको कुरा हो। मिहिनेत गर्नेहरूका लागि उपमहानगरपालिका आफैँ पनि सघाउन तयार छ।’

सहयोग कार्यक्रमअन्तर्गत उपमहानगरले कुल लागतको ५० प्रतिशत व्यहोरेको छ। अनुदानस्वरूप ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा मौरीको घार र चारवटा गोठ निर्माणका लागि सामग्री वितरण गरिएको अपांगता सरोकार केन्द्रले जनाएको छ। कार्यक्रमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने र दिगो आयआर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले बताए।

छुटाउनुभयो की ?