
नेपालमा मनसुन प्रवेश गरेको तीन सातापछि देशभर छाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार लुम्बिनीको पश्चिम, कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायु प्रवेश गरेको हो।
पश्चिमी वायु विस्थापित भएको छ। सरदरभन्दा दुई साताअघि १५ जेठमा कोशी प्रदेश प्रवेश गरेको मनसुन २९ जेठमा पश्चिममा गण्डकी र लुम्बिनीको पूर्वी भूभागससम्म पुगेको थियो ।
नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ताभित्र विस्तार हुने गर्छ। यसपालि भने देशभर मनसुन विस्तार हुन २३ दिन लागेको छ।
महाशाखाका अनुसार आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ ।