
रास्वपा र राप्रपाको विरोधबिच प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ।
आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम भए पनि रास्वपा र राप्रपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।
उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरेका हुन्।