१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार १o:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेमीमाथि किशोरीले गरिन् छुरा प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १o:५२:oo

सिराहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेकी भनिएकी किशोरीले युवकमाथि छुरा प्रहार गरेकी छिन् । छुरा प्रहारबाट घाइते युवकको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । 

गोलबजार नगरपालिका– १३ दुर्गापुर घर भई गोलबजार– ४ मा डेरा गरी बस्दै आएका करिब २४ वर्षीय अशोककुमार महतोकाे घाँटीमा छुरा प्रहार भएको हो । सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार छुरा प्रहार गरी निस्किने क्रममा स्थानीयले नियन्त्रणमा लिई कुटपिट गर्दा घाइते भएकी किशोरीको प्रहरीको निगरानीमा जिल्ला सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ । 

‘छुरा प्रहार किन भयो भन्ने विषयमा अनुसन्धान हुँदै छ,’ उनले भने, ‘दुवैको घाउ जाँच हुन्छ, जाहेरी परेको खण्डमा त्यहीअनुसार मुद्दा चलाउँछौँ ।’ गोलबजार– २ घर रहेकी करिब १७ वर्षीया किशोरी पछिल्लो केही दिनदेखि पटक–पटक युवकको डेरामा जाने गरेको देखेको स्थानीले बताएका छन् । 

त्यही क्रममा बिहीबार अपराह्न पनि किशोरी कोठामा पुगेको केही समयमै विवाद भएपछि कोठामा रहेको छुरा प्रहार भएको बताइएको छ । स्थानीयले नियन्त्रणमा लिएपछि किशोरीले आफूलाई जबर्जस्ती गर्न खोजेपछि आत्मरक्षार्थ छुरा प्रहार गरेको दाबी गरेको भए पनि त्याे विषय अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।