१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format ११:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्वार्काे फ्लाई ओभर आजदेखि सञ्चालनमा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

निर्माणकार्य सकिएपछि शुक्रबारदेखि ललितपुरस्थित ‘ग्वार्काे फ्लाई ओभर’ सञ्चालनमा आउँदै छ । सडक विभागको आयोजनामा शुुक्रबार अपराह्न चार बजे परियोजनापरिसरमा औपचारिक समारोह गरेर प्रधानमन्त्री केपी ओलीबाट ग्वार्काे फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि फ्लाई ओभरमा सवारीसाधनलाई प्रवेश गर्न हरियो ट्राफिक लाइट बालिनेछ । त्यसपछि फ्लाई ओभरमा औपचारिक रूपमा सवारीसाधन आवतजावत हुने सडक विभागका प्रवक्ता इ. प्रभावकुमार झाले बताए । ‘शुक्रबार अपराह्न चार बजे परियोजनापरिसरमै एक औपचारिक कार्यक्रमबिच प्रधानमन्त्री केपी ओलीले फ्लाई ओभरको उद्घाटन गर्नुहुने कार्यक्रम छ । उद्घाटनपछि फ्लाई ओभरमा सवारीसाधन आवतजावत गर्न सक्नेछन्,’ उनले बताए ।

सञ्चालनमा आउन लागेको फ्लाई ओभर नेपालकै पहिलो हो । योबाहेक नागढुंगा सुरुङ र काठमाडौं–तराई/मधेश द्रुतमार्गमा पनि फ्लाई ओभर निर्माणाधीन अवस्थामा छ । यसमा र्‍याम्प (फ्लाई ओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको विशेष संरचना) र फ्लाई ओभर अर्थात् सुपर स्ट्रक्चर (पुल) नै मुख्य संरचना हुन् । ‘सबै काम सकिएको छ । ग्वार्काे फ्लाई ओभर सञ्चालनको तयार छ,’ प्रवक्ता झाले बताए ।

सुरु भएको साढे तीन वर्षमा सञ्चालन
ठेक्का सम्झौता गरेको साढे तीन वर्षपछि परियोजना सञ्चालनमा आउन लागेको हो । सडक विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा यो फ्लाई ओभर बनाउने गरी माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २३ पुस ०७९ बाट निर्माण कार्य सुरु गरेको थियो । ठेक्का सम्झौता गरेको साढे तीन वर्षपछि ग्वार्काे फ्लाई ओभर सञ्चालनमा आउन लागेको हो ।

यद्यपि, कम्पनीले तोकिएको समयमा परियोजना बनाउन नसकेपछि आफैँ जरिवाना तिरेर काम गरेको थियो । सम्झौताअनुसार कम्पनीले १२ फागुन ०८० भित्र फ्लाई ओभरको निर्माण गरिसक्नुपर्ने थियो । तर, त्यो अवधिमा काम नसकिएपछि विभागले असार ०८१ सम्म म्याद थप गरिदिएको थियो । त्यो अवधिमा पनि काम नभएपछि अन्तिम मौकास्वरूप ९ पुस ०८१ सम्म म्याद थप गरिएको थियो । त्यो अवधिमा पनि काम नसकिएपछि कम्पनीले १० पुसयता हर्जाना तिरेर काम गरेको थियो । यसमा कम्पनीले ठेक्का रकमको बढीमा १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ । जुन एक करोड ७० लाख रुपैयाँ हाराहारी हुन्छ । यद्यपि, यो जरिवाना हिसाब गर्न बाँकी रहेको विभागको भनाइ छ ।