१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देवरले गरे भाउजूको हत्या, आरोपी खुकुरीसहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२२:oo

मकवानपुरको थाहा नगरपालिकामा देवरले भाउजूको वीभत्स हत्या गरेका छन्। घटना थाहा नगरपालिका– १, कुन्छालमा भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब सवा २ बजेतिर ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको हो। उनको छिमेकमै बस्ने ३५ वर्षीय देवर पर्ने जीवन गोपालीले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार जीवनले तुलमायाको टाउको र घाँटीमा खुकुरीले प्रहार गरेका थिए। खुकुरी प्रहारलगत्तै तुलमायाको मृत्यु भएको प्रवक्ता अर्यालले जानकारी दिए। घटनापछि फरार भएका जीवनलाई प्रहरीले थाहा नगरपालिका– ३, थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यलय पालुङबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले उनलाई पक्राउ गरी सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।