१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ५ बिहीबार १७:३१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुजल फुड्सद्वारा ‘ब्याफी’ वेफर्स सार्वजनिक, क्रिमी, कुरकुरे र स्वादिलो अनुभव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १७:३१:oo

नेपालको अग्रणी कन्फेक्सनरी उत्पादक कम्पनी, सुजल फुड्स प्रालिले नयाँ स्वाद र रमाइलो अनुभवसहितको ब्याफी फ्यामिली प्याक नेपाली बजारमा सार्वजनिक गरेको छ। आफ्ना प्रियजनसँग बाँड्नका लागि वा आफैंले रमाइलोसाथ उपभोग गर्न उपयुक्त रहेको यस प्याकमा अझ ठुलो परिमाण, अझ स्वादिलो र अझ कुरकुरे बनावट पाइनेछ।

नयाँ ब्याफी फ्यामिली प्याक दुई अत्यधिक रुचाइएका स्वादहरू, स्ट्रबेरी र चकलेटमा उपलब्ध छ। १२० ग्रामको प्याकको मूल्य मात्र १०० राखिएको छ, जसले यसलाई बजारकै सबैभन्दा सुलभ मूल्यमा उपलब्ध प्रिमियम वेफर बनाएको छ।

ब्याफी विशेष गरी प्रिमियम स्वादका स्न्याक्स मन पराउने बालबालिकाका लागि लक्षित गरिए तापनि, सपिङ मल र कनभिनियन्स स्टोरहरूमा स्वादिलो खाजाको खोजीमा रहने गृहिणी तथा अनलाइन वा ई–कमर्समार्फत नियमित रूपमा खाजाको अर्डर गर्ने उपभोक्ताहरूलाई समेत ध्यानमा राखेर बजारमा ल्याइएको हो ।

उच्च गुणस्तरका सामग्रीको समिश्रणमा अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको ब्याफीमा चार तहको कुरकुरो वेफर र तीन तहको स्वादिलो क्रिम प्रयोग गरिएको छ। यसले स्वाद र गुणस्तर दुबैमा नयाँ मापदण्ड कायम गरेको छ। १२ महिनासम्म ताजा र कुरकुरेपन कायम रहने बनावट, तीन तहको धातुयुक्त प्याकेजिङ र ‘सुरक्षा ट्रे’ को प्रयोगले अन्तिम बाइटसम्म स्वाद र कुरकुरेपनलाई सुरक्षित राख्दछ ।

उपहार दिन वा रमाइलो क्षणमा उपभोग गर्नका लागि ब्याफी उत्कृष्ट विकल्प हो। ब्याफी फ्यामिली प्याक अहिले नेपालभरिका भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरीलगायतका प्रमुख खुद्रा पसलहरूमा उपलब्ध छ। साथै, दराज, गिफ्टमाण्डु डटकम, स्मार्टडोको डटकम, यार्शाबजार डटकम, बिजबजार डटकम तथा डिलआयो डटकम जस्ता प्रमुख ई–कमर्स प्लेटफर्महरू मार्फत पनि सजिलै खरिद गर्न सकिन्छ ।

ब्याफी नेपालमै सीमित छैन। यसका उत्पादन अमेरिका, युरोप, अस्ट्रेलिया तथा विभिन्न खाडी मुलुकमा समेत निर्यात भइरहेकाे छ।

५० वर्षभन्दा बढीको कन्फेक्सनरी अनुभव र २५ वर्षभन्दा लामो समयदेखि वेफर क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सुजल फुड्स, लक्ष्मी ग्रुपअन्तर्गतको प्रमुख कम्पनी हो। कम्पनीले सधैँ गुणस्तरीय उत्पादनलाई उचित मूल्यमा उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता जनाउँदै आएको छ।

नयाँ ब्याफी प्याकले बालबालिका, किशोरकिशोरी तथा युवामाझ लोकप्रियता हासिल गर्दै हरेक बाइटमा रमाइलो स्वादको भरपुर अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।