
लामो समयदेखि अवरुद्ध सदनको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र सत्तापक्षीय तथा विपक्षी दलका प्रमुख सचेतकहरूबिच छलफल जारी छ । आगामी आव ०८२/८३ को बजेटको मन्त्रालयगत शीर्षकमाथि बिहीबारदेखि छलफल हुँदै छ ।
मन्त्रालयगत छलफलका लागि सभामुख देवराज घिमिरेले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाएका थिए । अहिले सभामुख सचेतकहरूसँग छलफलमा व्यस्त छन् ।