१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
समाचार प्रिन्ट संस्करण

वडाध्यक्ष खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२३:oo

स्याङ्जास्थित आँधीखोला बचाउ अभियान संघर्षको कार्यक्रमबाट फर्किरहेका रास्वपाका दुई नेतामाथि मंगलबार फलामको रड प्रहार गरेर फरार रहेका वालिङका एक वडध्यक्षसँगै आठजनाविरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ ।

वालिङ नगरपालिका– १० का वडाध्यक्ष सुनील खनालसँगै आठजनाविरुद्ध बुधबार वडा प्रहरी कार्यालय वालिङमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताए । 

मेघ आले र दिनेश तिवारीको नामबाट आएको जाहेरी प्रहरीले दर्ता गरी आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उनको भनाइ छ । वडाध्यक्ष खनालले रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका अभियन्ता आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य तिवारीलाई मंगलबार वालिङ नगरपालिका– ९, सुर्कौदीमा रडले हानेर घाइते बनाएको आरोप लागेको छ ।

घटनापछि वडाध्यक्ष खनाल फरार छन् । आँधीखोला बचाउ अभियान संघर्षको घोषणा गरेर मोटरसाइकलमा फर्किरहेका उनीहरूलाई वडाध्यक्ष खनालले बाटोमा रोकेर एक्कासि फलामको रडले हानेको आरोप लागेको छ ।