१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

युट्युबमा प्रधानमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा एक युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गृह प्रशासन थप आक्रामक बनेको छ। प्रधानमन्त्री केपी ओलीविरुद्ध अपशब्द प्रयोग गरेको तथा तथ्यहीन र आधारहीन विषयमा सामग्रीहरू प्रसारण गरेको आरोपमा प्रहरीले युट्युबर रेशमराज पौडेललाई पक्राउ गरेको हो । 

पौडेलले युट्युब च्यानल ‘ड्राइभर रेशम’मार्फत प्रधानमन्त्री ओलीको आलोचना र रास्वपाको पक्षमा सामग्री प्रसारण गर्दै आएका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालगन्जको रुपैडियाबाट पक्राउ गरेको हो। उनीविरुद्ध साइबर ब्युरोले साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ । 

बागलुङको निसीखोला गाउँपालिका– ४ घर भएका पौडेलले कानुनले वर्जित गरेका शब्द र सामग्री प्रसारण गरी नकारात्मक धारणा फैलाएकाले उनलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । 

प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरेको भन्दै टिकटकर रमा बस्नेतलाई प्रहरीले गत आइतबार पक्राउ गरेकोमा साइबर अपराधमा पक्राउ गरी थुनामा राखेको छ ।