१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
रासस पर्सा
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

Read Time : < 1 मिनेट
रासस, पर्सा
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

सिर्सियास्थित वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा रु. ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालू आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए।

साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा रु. चार अर्ब ३६ करोड, कात्तिकमा रु. तीन अर्ब ७९ करोड राजस्व संकलन भएको थियो। मंसिरमा रु. तीन अर्ब २२ करोड, पुसमा रु. तीन अर्ब ५६ करोड, माघमा रु. चार अर्ब २९ करोड, फागुनमा रु. चार अर्ब ६८ करोड र चैतमा रु. चार अर्ब ५० करोड राजस्व संकलन भएको बरुवालले जानकारी दिए।

वैशाखमा भने रु. चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व संकलन भएको छ। उक्त कार्यालयको चालू आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य  छ।