१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २ सोमबार २o:o१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘किन लाग्छ माया’ निर्माणको घोषणा, धीरेनदेखि मिस पबीसम्म पर्दामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार २o:o१:oo

एसएन्डएस प्रोडक्सनको ब्यानरमा नेपाली चलचित्र ‘किन लाग्छ माया’ बन्ने भएको छ। मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन केही दिनमै सुरु हुने बताइएको छ।

चलचित्रमा सञ्जित भण्डारी, ऋचा थापा, जानबी बस्नेत, धीरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, राजेन्द्र खड्की, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहारी, विनोद ढकाललगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ। चलचित्रको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्ने बताइएको छ।

स्याडो रियरको कथा रहने चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी तथा राजेन्द्र खड्गीको एक्सन रहनेछ।

अर्जुनप्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्तप्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ।