१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मालपोतका दुई नासुुसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया) मार्फत  घुस लिएको अभियोगमा मुद्दा दायर भएको हो। 

खरिदार पाण्डेसहित अर्का खरिदार रतनबहादुर जि.सी., लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सुरुमा तीनजनालाई आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेकोमा छानबिनको क्रममा सो घटनामा अर्का नासु रतनबहादुर जिसीको समेत मिलेमतो देखिएपछि उनलाई पनि प्रतिवादी बनाइएको छ।