१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
२o८२ असार २ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन माओवादीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १४:o६:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने भनेको भन्दै तत्काल समस्या समाधान गरेर अघि बढ्न आग्रह गरे ।

उनले भने, ‘यसबारे गम्भीर ढंगले छानबिन गर्न जरुरी छ । सबैले यो विषय उठाउँदै आइरहेका छौँ। उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनुभएको छ । सरकारले छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । त्यसमा हामीले भरोसा गरेका छौँ, अब ३० दिन लगाउन जरुरी छैन, तत्काल गठन गरेर सबैको भावना केन्द्रीकृत गर्नुपर्छ ।’

उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्नुपर्ने भएकाले त्यसबाट सरकार पछि हट्न नमिल्ने बताए ।