१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २ सोमबार १३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाद्वारा आज पनि संसद् बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १३:३२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद् बहिष्कार गरेकाे छ । संसद् बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एक छिनपछि बाहिर निस्किएका हुन् ।

आज बैठक सुरु हुनेबित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख देवराज घिमिरेले विरोधकै बिच कारबाही अघि बढाएपछि राप्रपाका सांसदबाहिर निस्किएका हुन् ।

राप्रपाका सांसदहरू आइतबार पनि विरोध गर्दै बाहिर निस्किएका थिए । त्यसैले उनीहरूले भत्ता पनि नलिने घोषणा गरेका छन् ।

राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् ।