१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन् । 

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद रितबहादुर खड्का प्रतापको १३औँ स्मृति कार्यक्रममा श्रेष्ठले विभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाइ भइरहेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका हुन् । 

त्यस्तै, उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन हुन नसक्ने स्पष्ट पारे । 

माओवादी सरकारमा रहँदा सुशासन कायम गर्ने निकै महत्त्वपूर्ण काम गरेको र त्यही कारण भ्रष्टाचारीलाई रक्षा गर्न माओवादीको सरकार ढालिएको उनले बताए । 

श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश रहेको आरोपसमेत लगाए । सरकारका कारण जनताका असन्तुष्टि बढेकाले प्रतिगामी शक्तिहरू सल्बलाइरहेको उनले बताए ।  

श्रेष्ठले अबको दुई वर्ष पूरै जनतासँगको अभियानमा केन्द्रित भएर निर्वाचनको तयारी गर्ने र ८४ को निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको धारणा राखे ।