१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:४o:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको आलोचना र रवि लामिछानेको प्रशंसा गर्ने टिकटकर पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:४o:oo

अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार झन् कठोर बनेको छ । सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री केपी ओलीको शृंखलाबद्ध आलोचना गरेको  आरोपमा प्रहरीले टिकटकर रमा बस्नेतलाई पक्राउ गरेको छ । खोटाङ घर भई भक्तपुर बस्ने बस्नेतलाई साइबर ब्युरोले साइबर अपराधको मुद्दामा आइतबार पक्राउ गरेको हो । टिकटकमा चर्चित रहेकी उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएकी थिइन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रशंसा गर्दै आएकी थिइन् । 

साइबर ब्युरोले नियोजित रूपमा प्रतिष्ठित व्यक्तिको चरित्रहत्या गरेकोमा पक्राउ गरेको दाबी गरेको छ । ‘प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्य र आधारहीन विषयलाई उठान गरी भ्रामक विषयवस्तु प्रसारण गरी व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाई चरित्रहत्या गरेको’ ब्युरोद्वारा जारी विज्ञप्तिमा छ । स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनपछि उनलाई पक्राउ गरिएको हो । 

यसअघि हिल्टन होटेलमा नेतापुत्रको लगानीको विषयमा छानबिनको माग गर्दा अधिवक्ता सुजित केसीलाई पक्राउ गरी साइबर अपराधको मुद्दा लगाइएको थियो । उनले फेसबुकमा लेखेको स्टाटस डिलिट गर्दा पनि मुद्दा चलाइएको थियो । 

पछिल्लो समय सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा सरकार तथा सत्तारुढ दलको आलोचना गर्नेहरुलाई प्रहरीले धमाधम साइबर अपराध मुद्दा लगाउन थालेको छ ।