१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ असार १ आइतबार १९:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश

कोशीमा ३५ अर्ब ८७ करोडको बजेट प्रस्तुत

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १९:३६:oo

कोशीमा आार्थिक वर्षका लागि ३५ अर्ब  ८७ करोडको बजेट प्रस्तुत भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले आइतबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोडको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । 

प्रस्तावित बजेटमा चालूतर्फ १८ अर्ब र पुँजीगततर्फ १७ अर्ब बजेट विनियोजन गरिएको छ । यसैगरी सांसद विकास कोषका लागि प्रत्यक्षतर्फ दुई करोड ५० लाख र समानुपातिकतर्फ एक करोड ५० लाख बजेट विनियोजना गरिएको छ ।

प्रस्तुत बजेटअनुसार कोशी प्रदेश सरकारले कृषिमा दुई अर्ब १८ करोड,  स्वास्थ्यमा तीन अर्ब ५१ करोड ७१ लाख,  शिक्षामा दुई अर्ब पाँच करोड ५५ लाख, पर्यटन, वन, वतावरण दुई अर्ब ९७ करोड, सहरी विकास तथा पूर्वाधारमा १० अर्ब ५७ करोड विनियोजन गरिएको छ ।

यसैगरी, विपत् व्यवस्थापनमा ९६ करोड, फाेहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि एक करोड, मनमोहन प्राविधिक विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालनका लागि १४ करोड, २९ पालिकामा सञ्चालन  भइरहेको पदमार्ग निर्माणका लागि पाँच करोड, पर्यटन वर्षका लागि १० करोड र पर्यटन विकासका लागि ७७ करोड र भूसंरक्षणका लागि १२ करोड विनियोजन प्रस्ताव गरिएको छ । कोशी प्रदेशका कर्मचारीहरूको पोसाकको लागि दुई करोड विनियोजन गरिएको छ । 

हिमाली क्षेत्रका होट.ल तथा लजलाई कर छुट
बजेटले पर्यटन वर्षभर हिमाली क्षेत्रका होटेल तथा लजलाई कर छुटको घोषणा गरेको छ । उद्योग स्थापनाका लागि जग्गा खरिद गर्दा सहुलियत दिने घोषणा गरिएको छ ।

बजेटले सेवा सुशासनमुखी बनाउने, कृषिमा उत्पादन र उत्पादकत्व बढाउने, हिमाली र पहाडी क्षेत्रको बसाइँसराइ नियन्त्रण गर्ने, प्रांगारिक मल उत्पादनमा जोड दिने, कृषिमा आधुनिकीकरण गर्ने र विकट व्यवस्थापनमा जोड दिइएको छ ।