१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘जनै हराएको मान्छे’को नयाँ पोस्टर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ। केही दिनअघि यो चलचित्रका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माण पक्षले आज भोलाराज सापकोटा र आरुष भुसालको लुक्स सार्वजनिक गरेको छ।

सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन्। झुस्स दारीमा रहेका उनी थोरै तनावमा देखिएका छन्। सँगै छन् आरुष। झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा रातो लुगामा छन्, लुगा पसिनाले निथ्रुक्क भिजेका छन्।

उनको यो स्वरूपले उनी संस्कृत भाषा पढिरहेको संकेत गरेको छ। पृष्ठभूमिमा रहेका मन्दिरहरूले यसलाई पुष्टि गर्छ। चलचित्रमा भोलाराजको छोराको भूमिकामा आरुष छन्।

हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्र आगामी भदौ ६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको एसोसियट निर्देशकमा मनीष राउत छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डिओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रमा विजय, भोलाराज र आरुषसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ।