१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format १९:५७:oo
Read Time : < 1 मिनेट
फिचर

उदयपुरमा ‘उभौली’ समापन रमझम (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५७:oo

उदयपुरमा आदिवासी जनजाति किराँती समुदायको महान ‘उभौली’ समापन भएको छ। गत वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाइने यो पर्व आज किराँत राई यायोख्खा त्रियुगा नगर कमिटी गाईघाट उदयपुरको आयोजनामा ‘किरात राई साकेला उभौली स्वर्गीय गीता राई स्मृति रनिङ सिल्ड साकेला सिली प्रदर्शनी’ आयोजना गर्दै समापन भएको हो। 

उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा शान्ति सुख रहोस्, दैवी प्रकोप वा विपत्तिहरूको सामना गर्न नपरोस् भनेर प्रकृतिको पूजा गर्दै मनाउने बताइन्छ । प्रत्येक वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाइन्छ । 

यसपटक गाईघाटमा किराँती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्दशनी गरिएको थियो । खोला, नाला, हावा, पानी, रुख–बुट्यान, किरा–फट्यांग्रा सबै एकअर्काका परिपूरक हुन् भन्ने उभौलीसँग मिथक जोडिने बताइन्छ । 

तस्बिर सौजन्य : गजेन्द्र राई र दिनेश राई