१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखराका दुई किसानले बेचे १५ लाख बढीको तरबुजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

पोखरा महानगरपालिका-३३, सुरौदी खोला किनारास्थित तिखेढुंगामा दुई किसानले रु. १५ लाखभन्दा बढीको तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन्। 

सुरौदीको तिखेढुंगामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकामा ३० हजार किलोग्राम बिक्री गरेका छन्। प्रतिकूल मौसमका कारण रु. पाँच लाखबराबरको हानि भएको किसान आचार्यले जानकारी दिए। निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन्। 

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठुलो पहिचानसमेत गरिएको थियो। उक्त तरबुजा फलाएबापत महानगरपालिकाले उनीहरूलाई रु. पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो।

सुरौदीसहित यस वर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। परीक्षणका रूपमा  गरिएको तरबुजाखेती यस वर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ। महानगरपालिकाले तरबुजाखेतीका लागि बिउ र मलचिङमा सहयोग गरेको उनले बताए। 

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ। यस वर्ष पोखरामा करिब चार सय टन (रु. दुई करोडबराबर) को तरबुजा उत्पादन भएको छ। महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए।