१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका संयुक्त राष्ट्रसंघ
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संयुक्त राष्ट्रसंघ
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

 चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्‍यायो । 

इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लंघन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ, संयुक्त राष्ट्रका लागि चीनका स्थायी प्रतिनिधि फू कङले भने ।

चीन तनाव र द्वन्द्वको विस्तारको विरोधमा भएको जनाउँदै उनले इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको सुरक्षा परिषद्को आपतकालीन बैठकमा बताए।

द्वन्द्वको वृद्धिले कसैको हितमा काम नगर्ने बताउँदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गरेका छन् । 

उनले चीनको पक्षबाट सम्बन्धित पक्षहरूलाई राष्ट्रसङको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको पालना गर्न, र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न र क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आह्वान गरे । 

हालको घटनाक्रमको नकारात्मक प्रभाव बारे चिन्ता व्यक्त गर्दै चीन सधैँ वार्ताको माध्यमबाट इरानको आणविक सवाललाई शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रही आक्रमणको विरोध गरेको उनले बताए ।

आणविक सन्धिको एक पक्षको रूपमा, इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई पूर्ण रूपमा सम्मान गर्नु पर्ने उनले उल्लेख गरे । 

उनले इजरायलमाथि प्रभाव भएका देशहरूले रचनात्मक भूमिका खेल्नु पर्ने र सुरक्षा परिषद्ले आफ्ना प्रस्तावको कार्यान्वयन सुनिश्चित गरी शान्ति कायम गर्ने बडापत्रमा लिपिबद्ध माध्यमहरू प्रयोग गर्नु पर्ने बताएका छन् ।