१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दाका प्रतिवादी छन् अमूल, उनकी पत्नीलाई तोकियो टेलिकमकै निमित्त प्रमुख  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:२८:oo

बिलिङ प्रणालीको ठेक्का लगाउँदा साढे ३३ करोड भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही २५ जेठमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर गर्‍याे । त्यसमा तत्कालीन निमित्त निर्देशक अमूल प्रधान पनि प्रतिवादी छन् । उनकै पत्नीलाई हालै सरकारले टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको छ । 

मुद्दा दायर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन थियो । तीन दिनपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सविना मास्के प्रधानलाई निमित्त प्रबन्ध निर्देशक तोकिदिएका छन् । प्रधान अमूलकी पत्नी हुन् । अमूलविरुद्ध अख्तियारले ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सविना आफैँ बिलिङ प्रणालीको भ्रष्टाचार छानबिनमा अख्तियारमा बयान दिएकी टेलिकम कर्मचारी हुन् । ठेक्का सम्झौताको सर्तविपरीत ठेकेदारलाई बढी रकम दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले यसमा संलग्नविरुद्ध मुद्दा दायर गरेको छ । 

श्रीमान् प्रतिवादी भएको मुद्दामा श्रीमतीलाई सोही कार्यालयको प्रमुख तोक्नु स्वार्थको द्वन्द्व हो । ‘भोलि मुद्दा सुनुवाइका क्रममा अदालतले कार्यालयसँग मुद्दासँग सम्बन्धित प्रमाण तथा कागजात माग्दा आफ्नै श्रीमानविरुद्धको तथ्य कसरी दिनुहोला !’ स्रोत भन्छ, ‘यो स्वार्थको द्वन्द्व हो ।’ 

यद्यपि, सविना टेलिकममा पहिलो वरिष्ठता क्रममा रहेकी कर्मचारी हुन् । सञ्चार मन्त्रालयका अधिकारीका अनुसार वरिष्ठलाई निमित्त तोक्ने अभ्यासअनुसार सविनालाई नै तोकिएको हो ।