
भारतको अहमदाबाद सहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याकबक्स रेकर्डर’ भेटिएको छ।
अहमदाबादबाट बेलायतको लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए। एक व्यक्ति चामत्कारिक रूपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए।