
संखुवासभाबाट साइबर क्राइममा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका– १ का २९ वर्षीय सुजन भुजेल र सोही वडाका २१ वर्षीय विपल राई रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए।
उनका अनुसार एक व्यक्तिको फोटा तथा भिडियो बनाई सामाजिक सञ्जालमा दुरुपयोग र चरित्र हत्या गरेको उजुरीको आधारमा ती दुईजनालाई पक्राउ गरिएको हो। बुधबार खाँदबारीबाट पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ।