१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३० शुक्रबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङको गल्छीमा दुई माइक्रोबस ठोक्किँदा १२ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १८:२९:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङमा दुईवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका– ७ भल्टारमा लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ख ६९४ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७१४१ नम्बरको माइक्रोबस एक–आपसमा ठोक्किँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार दुर्घटनामा परी दुवै सवारीसाधनका ६–६ जना घाइते भएका हुन्। घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ।

दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। दुवै सवारीसाधनका चालक पनि घाइते भएका छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।