
पछिल्लो समय गीतलेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बालगीत सार्वजनिक गरिएको हो।
वसन्त सापकोटाको संगीतमा बालगायिका अनुजा कडरियाले स्वर भरेको गीतमा बालकलाकार आन्भी ओलीले अभिनय गरेकी छिन्। नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन तथा आफ्नो संस्कृति र वेशभूषाप्रति गौरव गराउन यो गीत लेखेको एआइजी कार्कीको भनाइ छ।
पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन्। एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको गीत सार्वजनिक गरेका थिए।