
उदयपुरको बेलका नगरपालिका– ५ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आज शुक्रबार स्थानीय १७ वर्षीया दुर्गा कार्कीको मृत्यु भएको हो।
मृतक कार्कीको आफ्नै घरछेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर छटपटाइरहेको अवस्थामा आफन्तले भेटेका थिए। त्यसपछि तत्काल उद्धार गरी उपचारका लागि बेलका नगर अस्पताल लगेकोमा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेलटार पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।