१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
रासस बैङ्कक
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता

Read Time : < 1 मिनेट
रासस, बैङ्कक
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको विमानमा बमको धम्कीपछि उडान भरेको केही समयपछि शुक्रबार आपतकालीन अवतरण गर्न बाध्य भएको थाई विमानस्थल प्राधिकरणले जनाएको छ।

लन्डन जाने एयर इन्डियाको यात्रु जेट भारतको अहमदाबाद सहरमा दुर्घटना भएको एक दिनपछि यो घटना आएको हो। अहमदाबाद विमान दुर्घटनामा कम्तीमा २६५ जनाको मृत्यु भएको थियो।

थाइल्यान्डको विमानस्थलले फुकेटका लागि आफ्नो फेसबुक पेजमा एयरबस ए ३२० का पाइलटले एयर ट्राफिक कन्ट्रोललाई बमको धम्कीको सन्देश विमानमा फेला परेको रेडियो प्रसारण गरेको बताए।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले फुकेट उडानले उडान भरेको लगत्तै आन्डमन सागरमाथि युटर्न लिँदै अवतरण गर्नुअघि टापुको तटबाट धेरैपटक परिक्रमा गरेको देखाएको छ।