
प्रतिनिधिसभा बैठकको समय सरेको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्।
यद्यपि, सहमतिका लागि सत्ता र विपक्षी दलहरूबिच छलफल चलिरहेको छ।