१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्।

भ्रष्टाचार मुद्दा दायर भएसँगे उनी निलम्बनमा परेका छन्। परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्। उनी बालेनको विश्वासिला पात्र मानिन्छन्।

सामाखुसी करिडोरमा बसुन्धारादेखि म्हैपीसम्मको बाटो तथा ढल निर्माणसम्बन्धमा बदनियत राखेर ठेक्का लगाएको र मनसायपूर्वक गलत मूल्यांकन प्रतिवेदन खडा गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको अभियोग छ। महानगरले कल्पवृक्ष–कोहिनूर जेभीलाई बोलपत्र स्वीकृत गरेर ठेक्का दिएको थियो।

चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस मुद्दामा परियारसहित महानगरपालिकाका निर्देशकहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी प्रतिवादी छन्।