
नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले तीनदिने निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ।
काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरहरूलाई लक्षित गर्दै यही जेठ २७ देखि जारी सर्भिस क्याम्प २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा सञ्चालन हुनेछ। उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ।
साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्ने बताइएको छ। जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पार्टसमा सात प्रतिशत, लुब्रिकेन्टमा पाँच प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्टपेन्ट सेवामा १० प्रतिशत छुट पाइनेछ।
यसैगरी, एचडिएस स्क्यान सेवासमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।