१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
रासस काठमाडौं
२o८२ जेठ २८ बुधबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १४:o५:oo

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै रु. ६ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरी देउराली– ८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका– ४, पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘नेपाल प्रहरीको डिएसपी रहेको बताएर प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर रु. ६ लाख ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरूलाई पक्राउ गरिएको हो।’

पक्राउ परेकामध्ये ज्ञानबहादुर ०७० फागुन २० गते हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र ०६७ कात्तिक ४ गते जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताए।