१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५७:oo
Read Time : > 1 मिनेट
समाचार

एमालेका प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

नेकपा (एमाले)का मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । 

धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । 

ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद हुन्। मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ। उनी एमालेको मधेस प्रदेशका संसदीय दलका उपनेता समेत हुन्। 

अस्पतालको भवन निर्माणको ठेक्कामा ६ करोड ७९ लाख रुपैयाँ अनियमितता भएको अख्तियारको अभियोग छ ।  आयोगले सांसद ठाकुरसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 
मिलेमतोका आधारमा सांसद ठाकुर सञ्चालक रहेको लुम्बिनी/डिएनण्डएन जेभीलाई अस्पताल निर्माणको ठेक्का दिइएको थियो । १५ शैय्याको अस्पताल निर्माणको ठेक्कामा प्रतिष्ठा/धुलिखेल/ एक्सिस जेभीले १२ करोड ३५ लाख ५० हजार रकम कबोल गरेकोमा सांसद ठाकुरको कम्पनीलाई १९ करोड १४ लाख ६२ हजार रुपैयाँमा ठेक्का दिइएको हो । प्राविधिक मूल्याङकनमा पास भएर न्यूनतम रकम कबोल गर्ने कम्पनीलाई नदिई मिलेमतोमा ठेक्का दिएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

अख्तियारले औरही नगरपालिकाका तत्कालिन अध्यक्ष ब्रम्हदेव यादब, तत्कालिन उपाध्यक्ष मीरादेवी सहनी, तत्कालिन प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुरलाई पनि प्रतिवादी बनाएको छ । ६ वटा वडाका अध्यक्षहरु प्रतिवादी बनेका छन् ।  १ नम्बर वडाका अध्यक्ष आशेश्वर यादब, वडा नम्बर २ का तत्कालिन अध्यक्ष अमित कुमार यादब, वडा नम्बर ३ का अध्यक्ष गंगा प्रसाद यादब, वडा नम्बर ४ का तत्कालिन अध्यक्ष शिवनाथ साह, वडा नम्बर ५ का तत्कालिन अध्यक्ष प्रमेश्वर कुमार मण्डल, वडा नम्बर ६ का तत्कालिन अध्यक्ष दिलिप कुमार साहको ठेक्कामा मिलेमतो रहेको आयोगले जनाएको छ । 

नगरपालिकाका इन्जिनियर सोनु साह, सवइन्जिनियरहरू सन्तोष कुमार मण्डल, विनित कुमार साह, खरिदार मोहन कुमार मण्डल, मनोज कुमार यादब, लुम्बिनी विल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णु कुमार शर्माविरुद्ध मुद्दा दायर भएको छ ।