१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा जामुनाखर्कमा यात्रु प्रतीक्षालय निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका– ६, जामुनाखर्कमा यात्रु प्रतीक्षालय निर्माण गरेको छ। करिब ५० हजार रुपैयाँको लागतमा निर्मित यात्रु प्रतीक्षालय वडाका अध्यक्ष कृष्णसिंह बानियाँलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ। 

‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले जलवायु परिवर्तन न्यूनीकरण गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २७ गते गण्डकी प्रदेशको वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा बृहत् वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ। विश्व वातावरण दिवस २०२५ को दिन पोखरा– १५ मा विभिन्न प्रजातिका करिब सयभन्दा बढी बिरुवा रोपिएको बैंकले जनाएको छ।

‘बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल यस बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा पनि ल्याएको छ।