१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 12 June, 2025
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेष्ट बैंक एनपिएस नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

एभरेष्ट बैंक लिमिटेडले नेपालको राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’मा आबद्ध हुँदै डिजिटल कारोबारमा नयाँ फड्को मारेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)सँग एनपिएस नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गर्दै बैंकले आफ्नो प्रणालीलाई राष्ट्रिय कार्ड नेटवर्कमा जोडेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। एनसिएचएलले हालै एनपिएस नेसनल कार्ड स्विचको पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल पे कार्ड इस्यु तथा एक्वायरका लागि आफ्ना प्रणालीहरू स्विचसँग एकीकृत गर्न आह्वान गरेको थियो।

सम्झौतापछि एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड जारी गर्न तथा कारोबार स्वीकृति सेवा दिन सक्नेछ। एनसिएचएलको यो प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि अन्तरस्विच कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीन प्रविधिहरू प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

एनसिएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पिएसओ–पिएसपी तथा सयभन्दा बढी गैरबैंकिङ सदस्यहरूसँग साझेदारीमा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ। नेपाल पे कार्डको सञ्चालनबाट राष्ट्रिय कार्ड कारोबारमा आत्मनिर्भरता र सूचना सुरक्षामा सुधार आउने बताइएको छ।

देशभर १३२ शाखा, ४ विस्तारित काउन्टर, ३२ राजस्व संकलन काउन्टर तथा १६७ एटिएममार्फत सेवा दिँदै आएको एभरेष्ट बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सशक्त बनाउने जनाएको छ।