१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखराको सडकमा युवकको शव भेटियो

कसैले हत्या गरेर फालेको हुन सक्ने अनुमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

पोखराको सडकमा एक युवकको शव भेटिएको छ। पोखरा महानगरपालिका– १५ स्थित वनविज्ञान अध्यान संस्थानको परिसरनजिकै सडकको बिचभागमा युवकको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। ३०–३५ वर्षको देखिने ती युवकलाई किला ठोक्ने हम्बर प्रहार गरेर कसैले हत्या गरी फालेको हुन सक्ने अनुमान गरिएको छ । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार बिचसडकमा शव देखिएपछि स्थानीयले खबर गरेपछि प्रहरी आएको जानकारी दिए । शवलाई सर्सर्ती हेर्दा कसैले हत्या गरेर फालेकोजस्तो देखिएको उनले जानकारी दिए। शवको टाउको र शरीरका अन्य भागमा चोट देखिएकाले हत्या गरेर फालेको अनुमान गरिएको बस्नेतले जानकारी दिए।

शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएकाले पोस्टमार्टमको रिपोर्टपछि के भएको हो थाहा लाग्ने उनले जानकारी दिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेकाले के भएको हो अनुसन्धानपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ।